भारोत्तोलनको ओलम्पिक सोलिडारिटी सम्पन्न
Manoj Shiama
12 June, 2016 8:18 pm
नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।
सहभागीलाई एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमाल, भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।चारदिने कोर्षमा विभिन्न १६ जिल्लाका ३९ प्रशिक्षक सहभागी थिए ।सहभागीलाई अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका विज्ञ अलामस्या विजयाले प्रशिक्षण दिएका थिए । इन्डोनेसियाका विजयाले बायो मेकानिक्स, न्युट्रिसन, प्रशिक्षण विधि, कार्यालय व्यवस्थापन, परिवर्तित नियमलगायतका विषयमा जानकारी गराएका थिए ।