प्रदेश नं. ३ च्याम्पियन

badokaie
प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३ १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।दोश्रो भएको प्रदेश नं. ७ ले ६ स्वर्ण, ८ रजत र ३ कांस्य जित्यो । ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित प्रदेश नं. ५ ले तेश्रो स्थानमा चित्त बुझायो ।
पुरुषमा आयोजक नेपाल वादोकाइ कराते संघका निरज भण्डारी तथा महिलामा प्रदेश नं. ३ की रुपा महर्जन उत्कृष्ट खेलाडी घोषित भए । निरजले २ तथा रुपाले ३ स्वर्ण जिते । पुरुषमा सजन थापा तथा महिलामा निरुता केसी उदीयमान खेलाडी चुनिए । दुवै आयोजकका हुन् । एपीएफ स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई सांसद् मोहनबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ९ टिमका २ सय ५५ खेलाडीले ३१ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव नारायणबहादुर मगरले जनाएका छन् ।

Comment