भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्ष

solidarity corsee
नेपाल ओलम्पिक कमिटीको सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
कोर्षको राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच उद्घाटन गरे । कोर्षमा विभिन्न १६ जिल्लाका ३५ प्रशिक्षकको सहभागिता रहेको भारोत्तोलन संघले जनाएको छ ।
सहभागीलाई अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका विज्ञ इन्डोनेसियाका अलामस्या विजायाले प्रशिक्षण दिने छन् । उनले बायो मेकानिक्स, न्युट्रिसन, प्रशिक्षण विधि, कार्यालय व्यवस्थापन, परिवर्तित नियमलगायतका विषयमा ज्ञान दिने छन् । कोर्ष आइतबार सम्पन्न हुने छ ।

Comment