१४ औं प्याब्सन स्पोर्टस् मिटमा सिनियर तथा जुनियर फुटबल खेल जारी

Manoj Shiama
6 December, 2014 10:48 pm

पोखरा
  प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा सिनियरतर्फ १० तथा जुनियरतर्फ १२ खेल सम्पन्न भएका छन्।
सिनियर लेभलको खेलमा बेसलाइन एकेडेमीले लिटिल स्टेप उमाविलाई २–०, प्रगति उमाविले रेन्बो एकेडेमीलाई २–०, सरस्वती उमाविले नवदीप बोर्डिङ स्कुललाई टाइब्रेकरमा ४–३, पोखरा पब्लिक उमाविले गोल्डेन Çयुचर बोर्डिङ स्कुललाई टाइब्रेकरमा ४–२ तथा नोभल एकेडेमीले डिज्नील्याण्ड बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–० ले पराजित ग¥यो।
यस्तै बेथानी बोर्डिङ स्कुलले बालप्रभात बोर्डिङ स्कुललाई ६–१, हिमाञ्चल बोर्डिङ स्कुलले बालकल्याण उमाविलाई टाइब्रेकरमा ५–३, विद्यानिकेतन स्कुलले माउण्ट अन्नपूर्ण उमाविलाई २–१, फिस्टेल उमाविले सनÇलावर बोर्डिङ स्कुललाई ३–० तथा सोसल पब्लिक स्कुलले बालविद्या उमाविलाई ३–१ ले पाखा लगाएको प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए।
जुनियर लेभलको खेलमा भ्यूपोइण्ट एकेडेमीे मर्निङस्टार उमाविलाई ३–१, ग्लोबल कलिजियट उमाविले एक्सआर्मी पब्लिक स्कुललाई ४–०, स्नोभ्यू बोर्डिङ स्कुलले तारापुञ्ज बोर्डिङ स्कुललाई ५–०, बालकल्याण उमाविले अल्फा बोर्डिङ स्कुललाई ३–०, पोखरा स्पाइरल ग्यालेक्सीले बिएमजी उमाविलाई १–० तथा गुरुकुल विद्याश्रमले सवलाइन बोर्डिङ स्कुललाई २–० ले पराजित ग¥यो।
जुनियरकै खेलमा शान्तिदीप उमाविले बेथानी बोर्डिङ स्कुललाई २–०, कञ्चनजंघा बोर्डिङ स्कुलले लेखनाथ विभूति स्कुललाई ३–०, ज्योतिकुञ्ज बोर्डिङ स्कुलले भाष्कर मेमोरियल स्कुललाई ५–३, पोखरा लर्नर्सले शिशुकल्याण उमाविलाई ३–०, नोभेल एकेडेमीले हिलपोइण्ट हाइस्कुललाई २–१ तथा धौलागिरि बोर्डिङ स्कुलले डिज्नील्याण्ड बोर्डिङ स्कुललाई ५–० ले पराजित गरेको फुटबल खेल संयोजक जगत थापाले जानकारी दिए।आइतबार पनि जुनियरतर्फ १२ तथा सिनियरतर्फ १० खेल हुनेछन्।
जुनियर लेभलको खेल हेमजाको विष्णुपादुका र गौरीशंकर खेलमैदानमा तथा सिनियर लेभलको खेल क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दी र सशस्त्र अञ्चल प्रहरी गुल्म, शहीद चोकको खेलमैदानमा सञ्चालन भएको छ। जुनियर फुटबल प्रतियोगितामा ६९ तथा सिनियर फुटबलमा ६८ विद्यालयको सहभागिता रहेको छ।
कुल २६ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि एक हप्तासम्म प्रतिस्पर्धा हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ मा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको छ। जुनियर लेभलदेखि खेलाडी उत्पादन गर्ने सर्तमा यसपटकदेखि जिल्ला खेलकुद विकास समिति कास्कीले सम्पूर्ण खेलको लागि खेलसामग्री निःशुल्करूपमा उपलब्ध गराएकोे छ। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर २५ गते पोखरा रड्डशालामा हुनेछ।