पशुपति घोष स्मृति चेस शुरु

chess birjunge
पर्सा जिल्ला खेलकुद विकास समितिको आयोजनामा पशुपति घोष खुल्ला अन्तर स्कुल चेस प्रतियोगिता सोमबार शुरु भयो । सोमबार तेश्रो चरणसम्मका खेलहरु सम्पन्न भए । तीन चरण्को समाप्तीमा छात्रातर्फ मस्कट एकेडेमीकी समीक्षा राउत र जिएचपी उमाविकी बिन्दिरा अधिकारी समान ३ अंकका साथ अग्रस्थानमा रहेका छन् । त्यस्तै छात्रतर्फ दिल्ली पब्लिक स्कुलका सिद्धार्थ बत्स, विद्यासदन माविका मो. मोसी आलम मिया, मुनलाईट ई. बोर्डिङ्ग स्कुलका अमन गुप्ता र श्री नृसिंह उमाविका उत्तम गुप्ता ३ अंक प्राप्त गरी संयुक्तरुपमा अगाडी रहेका छन् । बीरगंज उप–मनपाको प्रायोजन र पर्सा जिल्ला बुद्धिचाल संघको सह आयोजनामा संचालित खेलको एक समारोहबीच प्रमुख अतिथि पर्सा जिल्लाका सिडिओ केशवराज घिमिरे र बीरगंज उप महानरपालीकाका प्रतिनिधी ई. प्रकाश अमात्यले उदघाटन गरे ।
दुई दिने प्रतियोगिता स्वीस लिग अनुसार छात्रातर्फ ५ चरण र छात्रतर्फ ६ चरणको खेल हुने आयोजक अध्यक्ष सुदिप पौडेलले जानकारी दिए । प्रतियोगितामा पर्सा जिल्लाका २७ विद्यालयबाट ३४ छात्रा र ४६ छात्र गरी ८० जना खेलाडीहरु सहभागी छन् ।

Comment