अन्नपूर्ण चेस ३१ जेठबाट

१२ औ राष्ट्रब्यापी अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगिता ३१ जेठबाट सुरु हुने भएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ यु–१०, यु–१२, यु–१४ र १४ बर्ष माथिको स्कुल तहका विद्यार्थीको गरी कुल आठ स्पर्धा समाबेश छन् । प्रतियोगितामा सहभागिता शुल्क ३ सय रुपैया राखिएको छ । प्रतियोगिता अन्नपूर्ण उमाबीको हलमा सञ्चालन हुने संयोजक तथा चेस शिक्षक केशब श्रेष्ठले बताए । अन्तिम नाम दर्ताका लागि ३० गतेको एक बजे समय तोकीएको छ ।
अन्नपूर्णले यस अघि दुइ पटक रेटिङ्ग प्रतियोगिता आयोजना गरिसकेको छ भने एक पटक यु–१५ र महिलाको राष्ट्रिय च्याम्पियनसीप आयोजना गरिसकेका छन् । नेपाली बुद्धीचालमा परिचित नाम हिमाल लामा, विवेक थिङ्ग, रुपेस जयसवाल, बिना जयसवाल, संगीता जयसवाल, पूर्णीमा जयसवाल, शान्ता थापा, अस्मिता अधीकारी, बिनिता कपाली, विजय डंगोल,बिशेखा जयसवाल, तारा घले, मोनालीसा खुम्बु,मिलन लामा र बिनिता कपाली लगायतका लागि अन्नपूर्ण प्रतियोगिताका विभिन्न सस्करण महत्वपूर्ण प्लेटफर्मको रुपमा रहेका थिए ।

Comment