एपीएफलाई दोहोरो उपाधि

apfe
सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रथम वीर गणेशमान कप राष्ट्रिय खुला महिला÷पुरुष ह्याण्डबल प्रतियोगीतामा आइतबार दोहोरो उपाधि जितेको छ ।कपन ह्यान्डबल मैदानमा भएको पुरुष फाइनलमा एपीएफले हिमालयन क्लबलाई २४–२३ को झीनो गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि विमल भाटले ८ गोल गरे भने हिमालयनका बासु गुरुङले ९ गोल गरे ।
बासु उत्कृष्ट खेलाडी चुनिए । बासुले प्रतियोगिताभर सर्वाधिक ३७ गोल पनि गरे । उपाधिसंगै एपीएफले २५ हजार तथा हिमालयनले १५ हजार नगद पुरस्कार हात पारे ।सदाबहार खेलकुद समाजद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई २७–११ ले हरायो । एपीएफको जितमा उत्कृष्ट खेलाडी घोषित बन्दना राईले सर्वाधिक ८ गोल योगदान गरिन् । आर्मीकी रामकुमारी चौधरीले ४ गोल गरिन् ।
एपीएफ १५ हजार तथा आर्मी १० हजार नगदबाट पुरस्कृत भए । उत्कृष्ट खेलाडीद्वय बासु र बन्दनालाई समान २–२ नगद पुरस्कार प्रदान गरियो ।विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुषमा ६ तथा महिलामा ३ टिम सहभागी थिए ।

Comment