बद«ीलाललाई उपाधि

chess rapid1
तीन पटकका राष्ट्रिय च्याम्पियन बद«ीलाल नेपाली प्रथम केशरलाल मेमोरियल फीडे रेटिङ्ग ¥यापिड चेस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । स्वीस लिग प्रणालीमा सात चरणमा सम्पन्न प्रतियोगितामा बद«ीले ६ अंक बटुले । उपाधि सहित बद«ीले ११ हजार रुपैया पुरस्कार पाए । गोल्डेनगेट चेस क्लबका हिमाल लामा ५.५ अंक सहित दोश्रो भए । लामाले ८ हजार रुपैया पुरस्कार पाए । काठमाडौ जिल्ला बुद्धीचाल संघ र हाउस अफ सिल्भरको संयुक्त आयोजनामा सञ्चालीत प्रतियोगितामा फीडे मास्टर मनीस हमाल तेश्रो भए ।
समान पाच अंक भएका गोल्डेन कलेजका विजय डंगोल चौथो, थापाथली चेस पार्कका सुमित पन्त पाचौ र पूर्व राष्ट्रिय च्याम्पियन नबीन तण्डुकार छैटौ भए । डंगालले ६ , पन्तले ५ तथा तण्डुकारले ४ हजार रुपैया पुरस्कार पाए ।
माननाम रेस्टुरेन्ट एन्ड लन्ज बारमा भएको दुइ दिने प्रतियोगितामा थापाथली चेस पार्कका क्षितिज भण्डारी सातौ, काठमाडौंका राजन पुरी आठौ, पायनीयर स्कुलका सुदिप तामाङ्ग नवौ र आयोजक सस्थाका कोशाध्यक्ष मोहम्मद इमरान खान दसौ भए ।
शीबानी एयरलाइन्सको मुख्य प्रयोजन तथा बट–वाल इन्टरटेन्मेन्टको सह प्रायोजनमा भएको प्रतयोगिताको महिला तर्फ मोनालीसा खुम्बु पहिलो, अस्मिता अधीकारी दोश्रो तथा राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी तेश्रो भए । विजयी तथा सहभागि खेलाडीलाई कार्यक्रम संयोजक विनोद बिश्वकर्माको सभापतीत्वमा सञ्चालीत कार्यक्रममा प्रमुख अतिथिी पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, मुख्य प्रायोजक शीबानी एयरलाइन्सका मणीलाल रञ्जितकार र युवा फील्म निमार्ता सुरज भुषाल र मुख्य आर्बीटर ज्ञानेन्द« खाइजु लगायतले पुरस्कार प्रदानन गरे ।

Comment