सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चल फाइनलमा

आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद अन्तरगत कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलको छात्र÷छात्रा दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । छात्रमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३४–३३ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ६३–५६ ले पराजित गरे ।
छात्रामा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ७२–५१ तथा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३४–१३ ले पाखा लगाए ।

Comment