नन्दु राई पहिलो

karate1आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद अन्तरगत करातेको छात्रा ४० केजीमा पूर्वाञ्चलकी नन्दु राई पहिलो भइन् । फाइनलमा नन्दुले सुदूरपश्चिमाञ्चलकी उर्मिला विकलाई पराजित गरिन् । ४५ केजीको फाइनलमा मध्यमाञ्चलकी करुणा श्रेष्ठले मध्यपश्चिमाञ्चलकी दिब्या चन्दलाई हराउदै पहिलो स्थान हात पारिन् । ५० केजीमा पूर्वाञ्चलकी विद्याकला राईले शीर्ष स्थान हात पारिन् । फाइनलमा विद्याले मध्यमाञ्चलकी रितु भट्टराईलाई पाखा लगाइन् ।
पुरुष ४७ केजीमा मध्यमाञ्चलका सुविन खत्री पहिलो भए । उनले उपाधि भिडन्तमा पूर्वाञ्चलका रोशन गुरुङलाई निराश पारे । मध्यमाञ्चलका अनिश लामाले आफ्नै क्षेत्रका प्रवीण लामालाई हराउदै ५२ केजीको उपाधि जिते ।

Comment