बद«ीलालको एकल अग्रता

chess 3
प्रथम केशर लाल मेमोरियल फिडे रेटिङ्ग ¥यापिड चेस प्रतियोगितामा बद«ीलाल नेपालीलले अग्रता कायम गरेका छन् । बद«ीले चार चरणको समाप्तीमा चार अंक नै जोडेका हुन् । गोल्डेनगेट कलेजका हिमाल लामा ३.५ अंक सहित दोश्रो स्थानमा रहेका छन् । मनीस हमाल, सुदिप तामाङ्ग,सुमित पन्त,क्षितिज भण्डारी, विजय डंगोल,राम भक्त श्रेष्ठ र मोहम्मद इमरान खानको तीन अंक छ । महिला खेलाडीमा मोनालीसा खुम्बुको दुइ अंक छ ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र बिशेष अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले गरे । chess 4
हाउस अफ सिल्भर र काठमाडौं जिल्ला बुद्धीचाल संघको संयुक्त आयोजनामा सञ्चालीत दुइ दिने प्रतियोगितामा ३३ खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका संयोजक बिनोद बिश्वकर्माले बताए । मान नम रेस्टुरेन्टमा प्रतियोगिता स्वीस लिगको आधारमा सात चरणको हुने छ । सीबानी एयरलाइन्सको प्रायोजन रहेको प्रतियोगितामा बट–वाल इन्टरटेनेमेन्ट सह प्रायोजक रहेको छ ।

Comment