ओलम्पियाडमा राम्रो प्रदर्शन अबको लक्ष्य

sindira joshi
नेपाली चेसमा महिला हस्ताक्षरको इतिहास लामो छैन । अहिलेसम्म चार पटक राष्ट्रिय े च्याम्पियनसीप भए । चार च्याम्पियनसीपमा भिन्न भिन्न ब्यक्तित्वले उपाधि आफ्नो नाममा लेखाए । पछिल्लो पटक इलाममा भएको च्याम्पियनसीपबाट सिन्दिरा जोशी नया महिला राष्ट्रिय च्याम्पियनको रुपमा उदाइन् ।
सक्रियता साथ चेसमा समर्पीत भएको त्यत्ति लामो समय भएको छैन, सिन्दिराले । जम्मा दुइ बर्ष भयो । राष्ट्रिय च्याम्पियन बन्नु अघि उनले ललीतपुरमा भएको सहकारी कपको महिला स्पर्धामा सहभागिता जनाउदै चार अंक जोडेकी थिइन् । पहिलो महिला च्याम्पियनसीपमा उनी सहभागि त थिइन्, तर खेल स्तरमा अब्बलपन थिएन ।
भारतीय आइएम जीबी जोशी नेपाल आएका थिए। दुइ बर्ष अघि जोशी नेपाल आउदा सिन्दिराले पनि प्रशिक्षण लिइन् । जीबी फर्कीए पछि सिन्दिराको चेस प्रतिको मोहमा कमी आएन । त्यस पछि उनको गुरुको रुपमा रहे, तत्कालीन नेपालका राष्ट्रिय उपविजेता । सिन्दरा आजको सफलताको कारक बनेका छन्,गुरु रिजेन्द«का साथै उनकी सासु सरला वझान थांछे र नारायण वझान थांछे ।
उनी भन्छिन,“ खेलकुदका लागि उपयुक्त वातावरण मेरो घर परिवारले दिएकै कारण यो सफलता पाएको हुँ ।” दैनिक सात घन्टा भन्दा बढी मिहेनत गर्ने सिन्दिरा अझ केही समय यस खेलमा लामो समय बिताउने तरखरमा रहेकी छिन् । आसन्न बाकु ओलम्पियाडको तयारीमा रहेकी उनी आृलम्पिायडमा नै आफू पूर्ण रुपमा केन्दि«त रहेको बताउछिन् ।

Comment