मध्यमाञ्चल दोश्रो चरणमा

Manoj Shiama
2 June, 2016 10:18 am

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन कबड्डीमा मध्यमाञ्चल क्षेत्र छात्र तर्फ पूर्वाञ्चल क्षेत्रलाई पराजित गर्दै  दोश्रो चरणमा प्रवेश गरको छ ।
लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगिताको छात्रा तर्फ सुदूरपश्चिमाञ्च क्षेत्रले मध्यपश्चिमाञ्चल क्षेत्रलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको निर्णायक तारा सिंह भाटले जानकारी गराए ।