बिमलालाई पहिलो स्थान

r karateयुवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन करातेको छात्रा एकल कातामा पश्चिमाञ्चलकी विमला नेपाली पहिलो भइन् । उनले फाइनलमा मध्यपश्चिमाञ्चलकी दिब्या चन्दलाई पछि पारिन् । सो स्पर्धाको पुरुषमा पश्चिमाञ्चलका सुजन नेपालीले पूर्वाञ्चलका रोशन गुरुङलाई हराउदै शीर्ष स्थान हात पारे ।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको पुरुष ४२ केजीमा मध्यमाञ्चलका साजन लामा पहिलो भए । फाइनलमा उनले सुदूरपश्चिमाञ्चलका अभिषेक जोशीलाई हराए ।

Comment