कटियारलाई चक्रतीर्थ कपको उपाधि

dipak katiyar1
भारतका दिपक कटियार नेपालको सर्वाधीक पुरस्कार राशीको चक्रतीर्थ चोभार अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । बुधबार उनले अन्तिम तथा नवौ चरणमा एक दिन अघिसम्म अग्रस्थानमा रहेका भारतकै निलाद«ी शेखर भट्टाचार्यलाई हराउदै डाइरेक्ट इन्काउन्टरको आधारमा पहिलो भए । यी दुवै खेलाडीको ७.५ अंक रह्यो । कटियारले नगद एकलाख र निलाद्रीले ५० हजार हात पारे ।
चक्रतीर्थ ग्रुपद्धारा आयोजित प्रतियोगितामा समान ७ अंक भएपनि टाइब्रेकमा भारतका सर्वोजीत पाउल तेश्रो, सन्तु मण्डल चौथो तथा रितवान सुनत्र पाचौ भए । उनीहरुले क्रमशः ३५ हजार, २५ हजार र २० हजार नगद पुरस्कार पाए । यसैगरी ६ अंक भएका नेपालका रिजन्द« राजभण्डारी, सजिन मर्हजन, भारतका चक्रबर्ती तमाल, नेपालका क्षितिज भण्डारी र भारतका अशुतोष कुमार छैटौ देखि दशौं भए । छैटौ देखि दशौं स्थानमा रहनेले १२ हजार रुपैया पुरस्कार पाए ।
स्वीस लिग ९ चरणको प्रतियोगितामा अनरेटेडतर्फ नेपालका अनिष कुमार सुबेदी प्रथम र भारतका आदित्य एम दोश्रो भए । त्यस्तै सिन्दिरा जोशी उत्कृष्ट महिला भइन् । विवेक श्रेष्ठ उत्कृष्ट स्थानीय र ओमलाल महर्जन स्थानीय दोश्रो घोषित भए । भारतका कान्तीलाल दाबे उत्कृष्ट भेट्रान घोषित भए ।
विजेता खेलाडीलाई आयोजक चक्रतीर्थ ग्रुपका अध्यक्ष सुवर्ण महर्जनको सभापतित्वमा एक समारोहबीच प्रमुख अतिथी सांसद राजेन्द« कुमार केसी तथा बिशिष्ट अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले पुरस्कार प्रदान गरे ।
बैठक भेन्यु त्रीपुरेश्वरमा भएको पाँच दिने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी ८० खेलाडीको सहभागिता रहेको थियो ।

Comment