भट्टाचार्य चक्रतीर्थ कपको उपाधि नजीक

Niladri Shekhar Bhattacharya2
भारतका निलाद«ी शेखर भट्टाचार्य नेपालको सर्वाधीक पुरस्कार राशीको चक्रतीर्थ चोभार अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि नजीक पुगेका छन् । मंगलबार आठ चरणको समाप्तीमा उनको ७.५ अक छ । उनलाई पछ्याइरहेका भारतकै दिपक कटियार, सर्वजित पाउल र सन्तु मण्डलको ६.५ अंक छ । भट्टाचार्यले मंगलबारको सातौ चरणको खेलमा नेपालका रिजेन्द« राज भण्डारीलाई हराए । उनले आठौ चरणमा सन्तुसंग बराबरी गरे । पाउलले सातौ चरणमा भारतका लल्टु चटर्जी तथा आठौ चरणमा भारतकै आशुतोष कुमारलाई हराए ।
सन्तुले आठौ चरणमा चक्रबर्ती तमाललाइ हराएका हुन्। कटियारले सातौ चरणमा नेपालका क्षितिज भण्डारी तथा आठौ चरणमा नेपालकै हिमाल लामालाई पराजित गरे । भारतकै रिवान सुनत्रको ६ अंक छ । भारतकै तमाल र लल्टु सहित रुपंकर नाथको ५.५ अंक छ । यसैगरी, नेपालका बद«ीलाल नेपाली, सजिन मर्हजन, रिजेन्द« राजभण्डारी,मनीस हमाल र क्षितिज भण्डारीको ५.५ अंक छ ।
बैठक भेन्यु त्रीपुरेश्वरमा जारी प्रतियोगिताको अन्तिम दिन बुधबार उपाधिको टुंगो लाग्ने छ । चक्रतीर्थ ग्रुप चोभारको आयोजनामा सञ्चालीत प्रतियोगिताको उपाधि विजेता खेलाडीले १ लाख रुपैया पुरस्कार पाउने छन् । स्वीस लिग प्रणालीमा सञ्चालीत प्रतयोगितामा नेपाल, भारत र बंगलादेशका गरी ८० खेलाडी सहभागिता छ ।

Comment