केशर लाल स्मृती फीडे रेटिङ्ग ¥यापिड चेस हुने

chess rapid2
जुन २ र ३ तारिखका दिन काठमाडौं जिल्ला बुद्धीचाल संघ र हाउस अफ सिल्भरको संयुक्त आयोजनामा पहिलो केशर लाल स्मृती फीडे रेटिङ्ग ¥यापिड चेस प्रतियोगिता हुने भएको छ । मन नाम मल्टी कज्युन रेस्टुरेन्ट एन्ड लन्जबारमा हुने सो स्पर्धाका उपाधि विजेतालाई ११ हजार, उपविजेतालाई आठ हजार तथा तेश्रो स्थान पाउनेलाई सात हजार रुपैया पुरस्कारको ब्यबस्था गरिएको छ । दुइ दिने प्रतियोगितामा सात चरणका खेल हुने छ ।
प्रतियोगिताले नेपाली चेसको ब्यबायीकतामा एउटा नया आयाम थप्ने अपेक्षा गरिएको टुर्नामेन्ट डाइरेक्टर बिनोद बिश्वकर्माले बताए ।

Comment