भट्टाचार्य चक्रतीर्थ कपको शिर्ष स्थानमा

Niladri Shekhar Bhattacharya2भारतका निलाद«ी शेखर भट्टाचार्य नेपालको सर्वाधीक पुरस्कार राशीको चक्रतीर्थ चोभार अन्तराष्ट्रिय चेस प्रतियोगिताको शिर्ष स्थानमा रहेका छन् । सोमबार ६ चरणको समाप्तीमा उनको ६ नै अंक छ । पाचौ चरणमा सजिन मर्हजनलाई हराएका भट्टाचार्यले छैटौ चरणमा भारतका सर्वजित पाउललाई हराए । नेपालका रिजेन्द« राजभण्डारीको साथमा भारतका सन्तु मण्डल र चक्रबर्ती तमालको ५ अंक छ । सन्तु र रिजेन्द« विच पाचौ चरणमा बराबरी भयो भने छैटौ चरणमा सन्तुले विकास कुलजुलाई पराजित गरे । रिजन्द«ले छैटौ चरणमा लल्टु चटर्जीसंग बराबरी गरे । पाचौ चरणमा मनीस हमाललाई हराएका तमालले छैटौमा आशुतोष कुमारलाई हराए ।
बैठक भेन्यु त्रीपुरेश्वरमा जारी प्रतियोगितामा भारतका दिपक कटियार, सर्वजित पाउल, र लल्टुको ४.५ अंक छ । नेपालका क्षितिज भण्डारी र नेपालका सजिन मर्हजनको ४.५ अंक छ ।
चक्रतीर्थ ग्रुप चोभारको आयोजनामा सञ्चालीत प्रतियोगितामा नेपालका केशब श्रेष्ठ, नबीन तण्डुकार, मनीस हमाल, विकास कुलुजु, पुन्यमान कमाचार्य, विवेक श्रेष्ठ, लब कुमार श्रेष्ठ, बद«ीलाल नेपाली, विजय डंगोल र हिमाल लामाको चार अंक छ । यसैगरी, भारतका रुपकंकर नाथ, कान्तीलाल दाबे,आशुतोष कुमार,रिवान सुनत्र र विकास कुमार द्धीबेदीका साथै बंगलादेशका मोहम्मद मतीउर रहमानको चार अंक छ ।स्वीस लिग प्रणालीमा जारी प्रतियोगिता नौ चरणसम्म हुने छ । प्रतियोगिता बुधबार सम्पन्न हुने छ ।

Comment