रिजेन्द«, सर्वजित र भट्टाचार्य चक्रतीर्थ कपको शिर्ष स्थानमा

rijendrae
भारतका सर्वजीत पाउल र निलाद«ी शेखर भट्टाचार्यको साथमा नेपालका रिजेन्द« राज भण्डारी नेपालको सर्वाधीक पुरस्कार राशीको चक्रतीर्थ चोभार अन्तराष्ट्रिय चेस प्रतियोगिताको शिर्ष स्थानमा रहेका छन् । आइतबार चार चरणको समाप्तीमा यी तीनै खेलाडीको चार अंक छ । रिजेन्द«ले तेश्रो चरणमा भारतका हिमांशु हर्ष तथा चौथो चरणमा भारतकै रिसब निसादलाई पराजित गरे । पाउलले तेश्रो चरणमा नेपालका मनीष हमाल तथा चौथौमा नेपालकै हिमाल लामालाई पराजित गरे । भट्टाचार्यले तेश्रोमा चन्द«दास गुरुङ्गबाट वाकओभर पाए भने चौथोमा भारतका सुभम शुक्लालाई हराए ।
भारतका सन्तु मण्डल र नेपालका सजिन मर्हजनको ३.५ अंक छ । तेश्रो चरणमा क्षितिज भण्डारीसंग बराबरी गरेका सन्तुले चौथो चरणमा सुमित पन्तलाई हराए । तेश्रो चरणमा दिपक कटियारसंग बराबरी गरेका सजिनले चौथोमा पुन्यमान कमाचार्यलाई पराजित गरे । क्षितिज, मनीष,हिमाल, निसाद,ुसभम र दिपकको तीन अंक छ । भारतका रुपकंर नाथ,लल्टु चटर्जी, आषुतोर कुमार,चक्रबर्ती तमाल,विकास कुमार द्धीबेदी र आशिष राजको तीन अंक छ । नेपालका विक्रम जती र विकास कुलुजका साथै बंगलदेशका अहमद सफिकको पनि तीन अंक छ । आयोजक टोलीका विवेक श्रेष्ठको २.५ अंक छ ।
चक्रतीर्थ ग्रुप चोभारको आयोजनामा सञ्चालीत प्रतियोगितामा ८० खेलाडी सहभागि छन् । ५ लाख ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि विजेता खेलाडीले १ लाख रुपैया पुरस्कार पाउने छन् । स्वीस लीग प्रणालीमा नौ चरणमा आयोजना हुने प्रतियोगिता बुधबार सम्पन्न हुनेछ । बैठक भेन्यु, त्रीपुरेश्वरमा जारी प्रतियोगिता अन्तरगत सोमबार पाचौ र छैटौ चरणको खेल हुने छ ।

Comment