सर्वाधिक पुरस्कार राशीको चक्रतीर्थ कप चेस सुरु

चक्रतीर्थ ग्रुप प्राgayanendra1. लि., चोभारको आयोजनामा अन्तराष्ट्रिय फिडे रेटिङ्ग चेस प्रतियोगिता (२२०० मुनी) शनिबार सुरु भयो । पहिलो दिन दुई चरणको समाप्तीमा शिर्ष बरियताका भारतीय खेलाडी दिपक कटियार सहित सन्तु मण्डल, सर्वजित पाउल, रिसभ निसाद, सुभम शुक्ला र सुमीत ग्रोभर तथा नेपालका राष्ट्रिय उपविजेता सजिन महर्जन, थापाथलि चेस पार्कका क्षितिज भण्डारी, सुमित पन्त, फीडे मास्टर मनिष हमाल दुइ अंक सहित शिर्ष स्थानमा रहेका छन् । त्यस्तै नेपालका पूर्व राष्ट्रिय च्याम्पियन नबीन तण्डुकार, पुन्यमान कमाचार्य, युवा खेलाडी हिमाल लामा, बंगलादेशका मोहम्मद मतीउर रहमान पनि समान दुइ अंक सहित शिर्ष स्थानमा रहेका छन् ।

त्रिपुरेश्वरस्थित बैठक इभेन्ट भेन्युमा संचालित खेलमा भारतका रुपंकर नाथ, रितवान सुवान्त्रा, राजेश कुमार शर्मा, अहमद सफीक, सुमित कुमार र भक्तपुरका विक्रम जतीको समान १.५ अंक छ । नेपाली महिला राष्ट्रि च्याम्पियन सिन्दिरा जोशीको एक अंक छ । नेपालका युथ च्याम्पियन विजय डंगोल र आयोजक सस्थाका विवेक श्रेष्ठकोे पनि एक अंक छ । पहिलो दिन केही अप्रत्यासित परिणाम पनि देखिए । नेपालका शिर्ष बरियताका खेलाडी केशब श्रेष्ठ रिसव निसादसंग पराजित भए । यसैगरी बद«ीलाल नेपाली भारतका भेट्रान कान्तीलाल दाबेसंग पराजित भए भने ताप्लेजुङ्गका युवा प्रतिभा चन्द्रदास गुरुङ्गले भारतका १९६० रेटेड सक्षम रौतेलालाई माथ गरे ।

पाँच दिने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका ८० जना खेलाडीहरुको सहभागिता रहको छ । कुल ५ लाख ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता स्वीस लिगको आधारमा ९ चरणसम्म हुनेछ ।

नेपालको सर्वाधीक पुरस्कार राशी रहेको यो प्रतियोगिताको उपाधि विजेता खेलाडीले १ लाख रुपैया पुरस्कार पाउने छन् । सुन्धारा स्थित होटल द प्रेसिडेन्ट अफीसीयल होटलको रुपमा रहेको छ । आयोजक कमिटीका संयोजक ज्ञानेन्द« मर्हजनले दिएको जानकारी अनुसार प्रतियोगिताका अन्य दिन दुई तथा अन्तिम दिन एक चरणको खेल हुनेछ ।

Comment