आयोजक क्याम्पियनलाई चेस उपाधि

saroj tamrakar
पहिलो इन्टर सिजी युनिट चेस प्रतियोगितामा आयोजक क्याम्पियन स्कुलले टिम उपाधि जितेको छ । ३६ खेलाडी सहभागि प्रतियोगितामा क्याम्पियनका खेलाडीले धेरै स्पर्धामा पहिलो स्थान हात पारेको कारण टिम च्याम्पियन भएको हो । ललीतपुर जिल्ला बुद्धीचाल संघको सहयोगमा सञ्चालीत प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई क्याम्पियन स्कुलका प्रीन्सीपल रोसन भण्डारीले पुरस्कार प्रदान गरे । प्रतियोगिताको उद्घाटन राष्ट्रिय उपविजेता सजिन मर्हजनले गरेका थिए ।

Comment