चक्रतीर्थ चोभारकपको तयारी पुरा

चक्रतीर्थ कप चोभार अन्तराष्ट्रिय फीडे रेटिङ्ग चेस प्रतियोगिता( २२०० मुनी) को तयारी पुरा भएको छ । शनीबार सुरु हुने चेस प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी ८० जना खेलाडीको सहभागिता रहने छ । कुल ५ लाख ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता स्वीस लिगको आधारमा नौ  चरणसम्म हुने छ । बैठक भेन्यु त्रीपुरेश्वमा आयोजना हुने प्रतियोगिताका लागि अन्तराष्ट्रिय आर्बीटर ज्ञानेन्द« खाइजुको नेतृत्वमा प्राबीधीक टोली रहेको छ ।
नेपालको सर्वाधीक पुरस्कार राशी रहेको यो प्रतियोगिता बुधबार सम्पन्न हुने छ । उपाधि विजेता खेलाडीले १ लाख रुपैया पुरस्कार पाउने छन् । सुन्धारा स्थित होटल द प्रेसिडेन्ट अफीसीयल होटलको रुपमा रहेको छ । प्रतियोगिता नेपाली बुद्धीचालको विकासमा कोशेटुंगा सावित हुने टुर्नामेन्ट डाइरेक्टर प्रसुन थापाले बताए ।

Comment