इन्डो–नेपाल कराते शनिबारदेखि

नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा तेश्रो इन्डो–नेपाल कराते च्याम्पियनसिप शनिबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालका २ सय १ र भारतका २५ गरी २ सय २६ खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव एवं प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् । पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रचार प्रसार संयोजक अच्यूतराज उप्रेतीले जानकारी गराए ।
दुईदिने प्रतियोगिताका खेलहरु बालुवाटरस्थित चिल्ड्रेन मोडेल स्कुलमा हुने छ । गत दुवै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।

Comment