पारामाउन्ट कराते यसै महिना

जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधान तथा पारामाउन्ट एकेडेमीको आयोजनामा दोश्रो पारामाउन्ट एकेडेमी इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिता जेठ अन्तिममा हुने भएको छ । प्रतियोगिता जेठ ३१ र ३२ गते बानियाँटारस्थित आयोजक पारामाउन्टको हातामा सुरु हुँदैछ । प्रतियोगितामा भारतको मुम्बइबाट ८ तथा नेपालको बुटवल, धादिङ, लम्जुङ, दोलखा र काठमाडौंबाट ८ गरी विभिन्न १६ विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक एवं पारामाउन्टका कराते प्रशिक्षक सुमन तिमल्सिनाले जनाएका छन् । ४८ स्वर्णका लागि करिब २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । पहिलो संस्करणमा १३ स्वर्ण जित्दै आयोजक पारामाउन्ट टिमच्याम्पियन बनेको थियो ।

Comment