भुपेन्द्र र सिन्दिरा राष्ट्रिय चेस च्याम्पियन

chess finale
झापाका भुपेन्द्र निरौलाले १९ अौ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन्। उनी नवौं चरणको खेलमा फिडे मास्टर बिलमलाल श्रेष्ठसंग पराजित भएका थिए। निरजले सात अंक जोडेका थिए। नेपाल बुद्धिचाल संघको आयोजनामा र ईलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुरका सजिन महर्जन साढे ६ अंक सहित दोस्रो स्थानमा रहे । उनले पुर्ब नेपाल नेपाल च्याम्पियन नवीन तन्डुकारलाई पराजित गरे । केशब श्रेष्ठले नेपाल आर्मीका हिमाल लामासंग बराबरी खेली ६ अंक प्राप्त गरी तेस्रो स्थान हात पारे। काभ्रेका क्षितिज भण्डारी चौथो र ललितपुरका बिलमलाल श्रेष्ठ पाँचौ भए।
महिलामा काठमाडौंका सिन्दिरा जोशीलाई त्यसैगरी चौथो महिला राष्ट्रिय बुद्धिचालको उपाधि काठमाडौंका सिन्दिरा जोशीले हात पारिन्। उन्ले ७ अंक हात पारी समान अंक नै हासिल गरेका एपीएफकी शान्ता थापा र मोनालिसा खम्बुलाई बुकोल्स प्रणाली टाईब्रेकमा पछि पारेका थिए। सुजना लोहनी चौथौ र अस्मिता अधिकारी पाँचौ भईन। शिर्ष पाँचौ स्थानमा रहेका खेलाडीले सेप्टेम्बर १ देखि १५ सम्म अजरबैजानमा हुने ४२ अौ चेस ओलम्पियाडमा नेपालीको प्रतिनिधित्व गर्नेछन् । बिजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले पुरस्कृत गरेका थिए।

Comment