भुपेन्द« ( निरज) चेस राष्ट्रिय च्याम्पियन

niraj t2
भुपेन्द« निरौला नेपाली राष्ट्रिय चेस च्याम्पियन बनेका छन् । इलाममा जारी १९ औ राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको कुल नौ चरणमध्य एक चरण सकिन बाकी रहदै निरौलाले यो उपलब्धी पाएका हुन् । भक्तपुरमा सम्पन्न १३ औ राष्ट्रिय च्याम्पियनसीपमा दिगेश शंकर मल्ल पछि उनी एक चरणको खेल बाकी रहदै उपाधि जित्ने पहिलो खेलाडी हुन् ।
इलामका जारी चौथो महिला राष्ट्रिय च्याम्पियनसीपमा सिन्दिरा जोशीको अग्रता कायम रहेको छ । एक चरणबाकी रहदा नै जोशी सहित मोनालीसा खुम्बु र एपीएफकी शान्ता थापा अजरबैजानको बाकुमा हुने चेस ओलम्पियाडमा छनोट हुन सफल भएका छन् । दुवै स्पर्धामा शिर्ष पाच स्थान पाउने खेलाडीले ओलम्पियाडमा सहभागिताको अबसर पाउने छन् । अन्य खेलाडीको टुंगो मंगलबार लाग्ने छ ।
सोमबार भएको खेलमा हिमाल लामालाई हराएका निरौलाले क्षीतज भण्डारीसंग बराबरी गर्दै उपाधि पक्का गरेका हुन् । केशब श्रेष्ठ, हिमाल लामा, सजिन मर्हजन र झीतीज भण्डारीको ५.५ अंक छ । केशबले मनीस हमालसंग बराबरी गरे भने सजिन मर्हजनलाई हराए । सचिनले सातौ चरणमा पुरुषोत्तम चौलागाइलाई हराए । झीतीजले सातौ चरणमा नबीन तण्डुकारलाई हराए ।
महिला तर्फ सिन्दरा जोशीको ६.५ अंक छ । सातौ चरणमा सुजना लोहनीसंग बराबरी गरेकी उनले आठौ चरणमा बिनिता कपालीलाई पराजित गरिन्। मोनालीसा र शान्ताको ६ अंक छ । सातौ चरणमा शान्तासंग बराबरी गरेकी मोनालीसाले आठौ चरणमा अनीसा न्यौपानेलाई हराइन् । यसैगरी, शान्ताले आठौ चरणमा बिना जयसवाललाई हराइन् । सुजनाको ५.५ अंक छ । सुजनाले आठौ चरणमा अस्मिता अधीकारीलाइ पराजित गरिन् । उपाधि विजेता निरौला नेपाली बुद्धीचालमा धैर्यताका प्रतिक मानीन्छन् । यस अघि दुइ पटकको राष्ट्रिय च्याम्पियनसीपमा उनी आधा भन्दा बढी समय अग्रता लीएर पनि ओलम्पियाड टोलीमा पर्न असफल भएका थिए । गत बर्ष भक्तपुरमा एसियन जोनल चेस प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गरेका निरौला अन्तिम चरणमा चुके पछि क्यान्डीडेट मास्टरमा सिमित बनेका थिए । हाल उनले झापामा डाइनामीक चेस एकेडेमी सञ्चालन गरेका छन् ।
एक दशक अघि सिद्धार्थ एकडेमीले सञ्चालन गरेको राष्ट्रिय अन्तरकलेज चेस प्रतियोगितामा पहिलो हुदै नेपाली चेसमा उदाएका बि.स २०६६ मा भएको मदन मेमोरियल राष्ट्रिय चेस प्रतियोगितामा जितेको उपाधि उनको पहिलो महत्वपूर्ण फड्को थियो ।
यसैगरी, ओलम्पियाडमा छनोट भएकी सिन्दिरा पछिल्लो समय चेसमा समर्पीत छन् । नेपालकी पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालीसा नेपालको महत्वपूर्ण चेस शक्ति गोल्डेनगेट चेस क्लबको नेतृत्वतहमा रहेकी छिन् । पूर्व राष्ट्रिय उपविजेता शान्ता केही समय अध्ययनको कारण खेलबाट टाढा रहेकी थिइन् । उनी नेपाली खेलकुदमा अनुशाषनको पयार्यको रुपमा समेत रहेकी छिन् । उनी एपीएफ क्लबको प्रतिनिधीको रुपमा यस प्रतियोगितामा सहभागि भएकी हुन् ।

Comment