भुपेन्द्र र सिन्दिराको अग्रता

ladiese
इलाममा जारी १९ औ राष्ट्रिय बुद्धीचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय बुद्धीचाल प्रतियोगितामा छैटौ चरणको खेल सकिएको छ । खुल्लातर्फ भुपेन्द« निरौलाको एकल अग्रता कायम रहेको छ । उनले ५ चरणको समाप्तीमा ५.५ अंक जोडेका छन् । पाचौ चरणमा सजिन मर्हजनलाई पराजित गरेका उनले छैटौ चरणको खेलमा पुरुषोत्तम चौलागाइसंग बराबरी गरे । हिमाल लामा,र सजिन मर्र्हजनले ४.५ अंक जोड्दै निरजलाई पछ्याइरहेका छन् । सजिनले छैटौ चरणमा रिजेन्द« राजभण्डारीलाई हराए । पाचौ चरणमा मनीस हमालसंग बराबरी गरेका हिमालले छैटौ चरणमा नबीन तण्डुकारलाई हराए । malee
नबीन सहित, मनीस, केशब श्रेष्ठ र क्षीतीज भण्डारीको चार अंक छ । महिला तर्फ सिन्दरा जोशीको अग्रता कायम रह्यो । उनको ५ अंक छ । पाचौ चरणमा अस्मिता अधीकारीसंग पराजित भए पछि तेश्रो स्थानमा पुगेकी सिन्दिराले छैटौ चरणमा मोनालीसा खुम्बुलाई हराइन् । सिन्दरालाई मोनालीसा खुम्बु र शान्ता थापाले ४.५ अंक सहित पछ्याइरहेका छन् । पाचौ चरणमा मोनालीसाले अस्मितालाई हराइन् । शान्ताले पाचौमा संगीता जयसवाल तथा छैटौ चरणमा अस्मिता अधीकारीुलाई हराइन् ।
प्रतियोगिताका दुवै स्पर्धा स्वीस लिगको आधारमा नौ चरणसम्म हुने छ । ११ जेठमा प्रतियोगिता सम्पन्न हुने छ । यस प्रतियोगितामा शिर्ष पाच स्थान पाउने खेलाडीले अजरबैजानको बाकुमा हुने चेस ओलम्पियाडमा सहभागिताको अबसर पाउने छन् । नेपाल बुद्धीचाल संघको यो औपचारिक च्याम्पियनसीपको प्रायोजन सिबानी एयरलाइन्सले गरेको हो । नेपाल निमार्ण ब्यबसायी संघ र गजुरमुखी कन्सट्रक्सन सह प्रायोजक रहेका छन् ।

Comment