बनस्थलीलाई अन्तर्राष्ट्रिय कराते उपाधि

international karatee
नेपालको बनस्थली डोजोले दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बनस्थली८ स्वर्ण, २ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २९ कांस्य जितेको भारत दोश्रो भयो । तेश्रो स्थान हासिल गरेको श्रीलंकाले समान १–१ स्वर्ण, रजत र कांस्य हात पा¥यो । बंगलादेश चौथो भयो । बंगलादेशले १ रजत र २ कांस्य प्राप्त ग¥यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा भारतका बंगराम टुङ्गी तथा महिलामा नेपालको मनमैजु डोजोकी अन्जली राई उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा नेपालको नवशान्ति डोजोका मनीष खड्का तथा महिलामा भारतकी ललिता उदीयमान खेलाडी चुनिए । नेपालको रोल्पा डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई सांसद भीमसेनदास प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा नेपालबाट ३ सय ७१, भारतबाट ६२, बंगलादेश र श्रीलंकाबाट समान ३–३ तथा पाकिस्तानबाट २ गरी जम्मा ४ सय ३२ खेलाडीले २६ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक प्रमुख एवं प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् ।

Comment