सोनिम र सनिश सेमिफाइनलमा

member se
नरहरीपुरका सोनिम मानन्धर र भक्तपुर मेन डोजोका सनिश श्रेष्ठ दोश्रो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तराष्ट्रिय कराते प्रतियोगिताको पुरुष तर्फ व्यक्तिगत कातामा सेमिफाइनल प्रवेश गरेका छन् । महिला तर्फ एम्सकी एलिष्टा सुवेदी र नरहरीपुरकी रेनु विष्टले सेमिमा स्थान बनाउन सफल भएका छन् ।
त्रिपुरेस्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुषको २० केजीमा भक्तपुरका सुभाष परियार र सोवुकानका राजेन्द्र राई, २५ केजीमा ठमेल डोजोका साजन रानामगर र एम्सका शाहिल नेपाली, ३० केजीमा भक्तपुरका डेनिस साङ्गाछे र नरहरीपुरका प्रणिल मानन्धर, ३५ केजीमा नरहरीपुरका निर्जल मानन्धर र काभ्रेका मनिष मगर पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएकाछन् ।
नेपाल, भारत र बंगलादेशको सहभागीता रहेको प्रतियोगिताको महिला तर्फ २० केजी तौलमा नहरीपुर मच्छेगाउँकी श्रृजना एम.सिंह र एम्सकी ईन्सु के.सी.ले सेमिमा स्थान बनाउन सफल भए । २५ केजीमा नरहरीपुरकी मुना शाक्य र केन्द्रिय सोबुकानकी दीपा राई, ३० केजीमा सोबुकानकी माया चौधरी र नरहरीपुरकी अरुणिमा लामा, ३५ केजीमा काभ्रेकी ईशा श्रेष्ठ र घण्टाघरकी निमा शेर्पा, ४० केजीमा चितवनकी बुद्धलक्ष्मी लामा र भक्तपुरकी रुक्साना दुवाल, ४५ केजीमा घण्टाघरकी एलिशा तामाङ र सोबुकानकी सानु माया थिङ्ग, ५० केजीमा नरहरीपुरकी रेनु विष्ट र घण्टाघरकी मोनिका योञ्जन, ५५ केजीमा घण्टाघरकी एलिशा लामा र ठमेलकी रोशा भण्डारी, ६० केजीमा चितवनकी शान्ति लामा र नरहरीपुरकी रजिना विष्ट पनि सेमिमा स्थान बनाउन सफल भएका छन् ।
यस्तै महिलाको खुला तर्फ लिटलएन्जल्सकी सुस्मिता गुरुङ्ग र भक्तपुरकी सरिता तामाङ पनि सेमिफाइनल प्रवेश गरेको निर्णायक दीपक श्रेष्ठले जानकारी गराए । आज सेमिफाइनल प्रवेश गर्ने सवै नेपाली खेलाडीहरु हुन् ।
प्रतियोगितामा नेपालको तर्फबाट २५०, भारतका ६० र बंगलादेशका ४ खेलाडीहरुको सहभागिता रहेको आयोजक मध्येका सन्तोष श्रेष्ठले जाकारी गराए । प्रतियोगिताको समापन आईतबार हुने कार्यक्रम रहेकोछ ।

Comment