अन्तर्राष्ट्रिय कराते सुरु

int karatee
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको पूर्व अर्थ मन्त्री डा. रामशरण महतले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा जम्मा २६ स्पर्धामा ४ सय ३२ खेलाडीको सहभागिता रहेको आयोजक प्रमुख एवं प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् । ओझाका अनुसार नेपालबाट ३ सय ७१, भारतबाट ६२, बंगलादेश र श्रीलंकाबाट समान ३–३ तथा पाकिस्तानबाट २ खेलाडी सहभागी छन् ।
पहिलो दिन पुरुष ५० केजीमा अजय घर्ती मगर र रोहित बुढाथोकी सेमिफाइनलमा प्रवेश गरे । अजयले पेम्बा शेर्पा तथा रोहितले मिलन सिलवाललाई पराजित गरे ।
पुरुष ६० केजीमा सन्जिव लामा र रिकेश थापा मगर तथा खुला तौलसमूहमा किशोर गुरुङ र टोपकुमार श्रेष्ठ सेमिफाइनलमा पुगे । पुरुष एकल काताको जुनियरमा अन्जन थापा मगर र उदिप श्रेष्ठ तथा सिनियरमा बसन्त राई र सनिश श्रेष्ठ अन्तिम चारमा पुग्न सफल भए ।
महिला ३५ केजीमा प्राश्ना थापा र जया खड्गी सेमिफाइनलमा पुगे । महिला एकल काताको जुनियरमा वर्षा बुढा मगर र विजिशा श्रेष्ठ तथा सिनियरमा सुविना श्रेष्ठ र शान्ता श्रेष्ठ सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताशनिबार सम्पन्न हुने छ ।

Comment