शिर्ष बरियताका खेलाडीका जित

chess kshitije
इलाममा जारी १९ औ राष्ट्रिय बुद्धीचाल चेस च्याम्पियनसीप तथा चौथो महिला राष्ट्रिय चेस प्रतियोगितामा दोश्रो चरणको खेल सकिएको छ । दोश्रो चरणको खेल सकिदा प्राय शिर्ष खेलाडीले जित हात पारेका छन् । खुल्ला तर्फ साविक विजेता क्यान्डीडेट मास्टर केशब श्रेष्ठ, फीडे मास्टर मनीस हमाल, क्यान्डीडेट मास्टर भुपेन्द« निरौला, सजिन मर्हजन, क्षीतीज भण्डारी, र कमल श्रेष्ठले दुवै खेलमा जित हात पारे । यी सबैको दुइ अंक छ ।
केशबले पहिलो चरणमा भगवती प्रसाद शर्मा र दोश्रोमा नबीन तण्डुकारलाई हराए । मनीसले पहिलोमा बाबुराजा मर्हजन तथा दोश्रोमा पुरुषोत्तम चौलागाइलाई हराए । भुपेन्द«ले विजय डंगोल र गणेशमान दुवालसंगको खेलमा जित हात पारे । क्षितिजले मिलन रोक्का तथा प्रकास नेपाललाई हराए । सजिनले मणीराज डाँगी र कृष्ण शाहलाई हराए । कमलले विजय जती र जनार्दन श्रेष्ठलाई हराए ।
प्रतियोगितामा विकास कुलुजु, रिजेन्द« राज भण्डारी र हिमाल लामाको १.५ अंक छ । महिला तर्फ अस्मिता अधीकारी, बिना जयसवाल, र सिन्दीरा जोशी ओझाको २ अंक छ । अस्मिताले पहिलोे चरणमा सुसीला गुरुङ्ग तथा दोश्रोमा खुस्बु थापालाई हराइन् । बिनाले पहिलोमा खुसी मुखीया तथा दोश्रोमा सुरुची थिङ्गलाई हराइन्। सन्दिीराले पहिलोमा आभा पुडाशैनी तथा दोश्रोमा बिशेखा जयसवाललाई हराइन् । सुजना लोहनी, मोनालीसा खुम्बु र सान्ता थापाको १.५ अंक छ । प्रतियोगिताका दुवै स्पर्धा स्वीस लिगको आधारमा नौ चरणसम्म हुने छ । ११ जेठमा प्रतियोगिता सम्पन्न हुने छ । यस प्रतियोगितामा शिर्ष पाच स्थान पाउने खेलाडीले अजरबैजानको बाकुमा हुने चेस ओलम्पियाडमा सहभागिताको अबसर पाउने छन् ।

Comment