चेस राष्ट्रिय च्याम्पियनसीप सुरु

chess national chess2
१९ औ राष्ट्रिय बुद्धीचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रि बुद्धीचाल प्रतियोगिताको बिहिबार औपचारिक उद्घाटन भयो । प्रतियोगिताको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल बुद्धीचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल बुद्धीचाल संघका पूर्व अध्यक्ष तथा एसियन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेश हरी जोशी उद्घाटन कार्यक्रममा उपश्थित थिए । प्रतियोगितामा हालको ओलम्पियाड टोली, टाइटल पाएका खेलाडी ,तीन विभागीय टोलीका खेलाडी तथा गत महिना सम्पन्न छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणमा हुने छ । प्रतियोगिता ११ जेठसम्म चल्ने छ ।
यस प्रतियोगितामा शिर्ष पाच स्थान पाउने खेलाडीले अजरबैजानको बाकुमा हुने चेस ओलम्पियाडमा नेपालको प्रतिनिधीत्व गर्दै सहभागिताको अबसर पाउने छन् ।

Comment