सञ्जय चीन जाँदै

sanjaya ranjite
ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत कराते सहायक प्रशिक्षक एवं पूर्व खेलाडी सञ्जय रन्जित चीन जाँदैछन् ।
मे १९ देखि २६ तारिखसम्म हुने युवा अनुभव आदान–प्रदान कार्यक्रममा सहभागी हुन सञ्जय चीन जान लागेका हुन् । सञ्जयसहितको नेपाली युवा प्रतिनिधिमण्डल बिहीबार चीन प्रस्थान गर्दैछ ।
सञ्जयलाई उप–प्रधानमन्त्री एवं नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे । उक्त अवसरमा नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासंघका अध्यक्ष काजीमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Comment