पोखरामा ह्याण्डबलको खेल मैदान निर्माण हुने

hand ball2
पोखरा रंगशालाको हाता भित्र ह्याण्डबल खेल मैदान निर्माण गरिने भएको छ । रंगशालाको वृहत गुरु योजना अन्र्तगत छुटट्याइएको स्थानमा उक्त मैदान निर्माण हुने भएको हो । करिव १ सय ५ मिटर लम्वाई र ३८ मिटर चैडाई रहेको हयाण्डवल खेल मैदान निर्माणका लागि पहल थालिने नेपाल हयाण्डवल संघका अध्यक्ष तेज गुरुङ्गले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले ह्याण्डबल खेल मैदानको निरिक्षण गर्दै आगामी १३ औं सागमा ह्याण्डबल खेल पोखरामा आयोजना गर्न पहल थालिने वताए । उनले सो को लागि पुर्वाधार निर्माण अन्र्तगत ५० लाख रुपैयाँ मैदान निर्माणका लागि वजेट छुटट्याइने र सो अन्र्तगत नयाँ आर्थिक वर्ष सुरु हुने लगतै १० लाख प्रदान गरिने जानकारी समेत गराए ।
रंगाशालामा निर्माण हुने सो ह्याण्डबल खेल मैदान विभिन्न चरणमा गरि निर्माण प्रक्रिया सुरु गरिने र १३ औ साग सम्म सम्पन्न गरिनेछ । उक्त खेल मैदान १३ औ सागका लागि प्रशिक्षण केन्द्रका रुपमा विकास गरिने छ । निर्माण प्रक्रियाका लागि ह्याण्डबल संघ आवद्ध भुतपूर्व खेलाडीहरु, स्वदेशी तथा विदेशी सेना बाट अवकाश प्राप्तहरु, स्थानिय लगाएतको सहयोग रहने अध्यक्ष गुरुङ्गले वताउनुभयो । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, संघका केन्द्रिय सचिव केशव पाठक, जिल्ला ह्याण्डवलका अध्यक्ष शेर बहादुर गुरुङ्ग, सचिव चित्र थापा, विद्यालय ह्याण्डवल संघका सचिव खिम गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

Comment