नेपाललाई चिनाउन कराँतेको मुख्य भूमिका ः विस्ट

gradinge
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपाललाई चिनाउन कराँतेको मुख्य भूमिका रहेको बताएका छन् । सितोरियो कराँते संघ नेपालको आयोजनामा पश्चिमाञ्चल ग्रेडिङ कार्यक्रमको आइतबार उद्घाटन गर्दै सदस्य सचिव विष्टले पोखरालाई खेल सहरको रुपमा स्थापना गर्न यस्तै कार्यक्रमले टेवा पु¥याउने बताए ।
कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीलाई राज्यले विस्तारै सुविधा दिँदै आएको बताए । ‘विगतमा खेलाडीहरुलाई निकै गाह्रो थियो,’ उनले भने, ‘अहिले आएर राष्ट्रका लागि मेडल ल्याउने खेलाडीलाई सेवा सुविधा दिन थालेको छ ।’ सितोरियो कराँते सघ कास्कीको व्यवस्थापनमा १ जेठबाट सुरु भएको ग्रेडिङ ५ जेठसम्म संचालन हुने अध्यक्ष सुरेन्द्रकुमार गुरुङले बताए । गे्रडिङमा पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट २ सय ३७ खेलाडीहरुको सहभागिता छ । जसबाट १ सय ८८ जनाले ब्ल्याक बेल्टको लागि ग्रेडिङ दिदै छन भने सेकेन्ड डानका लागि १२ जना र थड डानको लागि ४७ जना खेलाडीले गे्रडिङ दिने छन् ।
नेपाल कराँते महासंघका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, रेफ्री राजेन्द्र कपाली, कराँते महासंघका सहायक प्रमुख प्रशिक्षक तुलसीकुमार महर्जन, राष्ट्रिय टिमको प्रशिक्षक तथा १० औं सागको स्वर्ण विजेता कुशल श्रेष्ठ ,राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका सदस्य तथा राष्ट्रिय खेलाडी विजय लामा र तारा गुरुङले ग्रेडिङमा सहभागी खेलाडीलाई प्रशिक्षण दिनेछन् । सितोरियो कराँते संघ कास्कीका सल्लाहकार जीवन मल्ल, उपाध्यक्ष धन लामाले सहजीकरणको भूमिका खेलेका छन् ।
सितोरियो कराते संघ कास्कीका अध्यक्ष सुरेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत राष्ट्रिय टिमको प्रशिक्षक कुशल श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन खेलाडी अर्जुन गिरीले गरेका थिए ।

Comment