सोतोकान मेन डोजो टिम च्याम्पियन

khulla karatee
नेपाल सोतोकान कराते डो एस.के.डि.यु.एन.मेन डोजो काठमाण्डौ उदयपुरमा सम्पन्न तेश्रो जिल्लास्तरिय खुल्ला कराते तथा किक बक्सिङ्ग प्रतियोगिता २०७२ मा टिम च्याम्पियन हुन सफल भएको छ । किरातीहरुको महान पर्व सकिला उभौली पर्वको उपलक्षमा नेपाल सोतोकान कराते डो संघ (एस.के.डि.यु.एन.) जिल्ला समिति, उदयपुर तथा ककनी मोडेल स्कुल, राजाबासको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ७ स्वर्ण पदक सहित मेन डोजो च्याम्पियन भएको हो । दोश्रो भएको नेपाल वादोरियो कराते डो संघ, सुन्दुज्को ३ स्वर्ण र तेश्रो भएको उदयपुर सोतोकान कराते डो संघ (एस.के.डि.यु.एन.) २ स्वर्ण हात पा¥यो ।
एक दिने प्रतियोगितामा पुरुष तर्फ उदयपुर सोतोकान कराते डोका बेविस पराजुली र महिला तर्फ वादोरियो करातेकी नमिता राई उत्कृष्ट खेलाडी घोषित भएको प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले जानकारी गराए ।
उदयपुर जिल्ला सोतोकान करातेका अध्यक्ष सुमन कल्याण राईको सभापतित्वमा भएको प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमुख अतिथी समाजसेवी बलदेव चौधरीज्यूले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

Comment