कृषा र अमिशा सेमिफाइनलमा

kataee
नेपालका कृषा शेर्पा र अमिशा राईनवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै भारतका भगिशा क्षेत्रीय र पूजा थन्ना पनि सेमिफाइनलमा पुग्न सफल भए ।
नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा नेपालका सुशान्त मोडक र डिकेश मानन्धर तथा भारतका अखिल र प्रशान्त सुरेश अन्तिम चारमा पुगे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष खुला तौलसमूहमा नेपालका दिवस श्रेष्ठ र विनोद रोका तथा भारतका सुमित र मोहम्मद लतिफले सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६० केजीमा नेपालका निरज श्रेष्ठ र राज रेग्मी तथा भारतका आदित्य पर्से र शाहदबले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Comment