गोजुरियो ओसिकाईको राष्ट्रिय प्रतियोगिता स्याङ्जामा

जापान कराँते दो गोजुरियो ओसिकाई संघ नेपालको बार्षिक कार्यक्रम अनुुसार ७ र ८ जेठमा स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका बयरघारीमा “आठौ राष्ट्रिय गोजुरियो ओसिकाई करातें प्रतियोगिता २०७३”संचालन हुने भएको छ । प्रतियोगीतामा नेपालका पाँच विकास क्षेत्रका पाँचवटा टिम तथा आयोजक जिल्ला एक टिम सहित ६ वटा टिमका ३५० भन्दा बढि खेलाडीले सहभागीता जनाउने छन् । राष्ट्रिय प्रतियोगीतामा पुरुष २० के.जी देखि ७५ के.जी तौल तथा खुल्ला साथै महिला २५ के.जी देखि ६८ के.जी तौल समूह तथा खुल्ला र काता तर्फ पुरुष एकल तथा महिला एकल र पुरुष र महिला टिम कुमिते (फाईट) गरि कुल २८ तौल समुहमा संचालन हुने छ । नेपाल कराते महासघको सुपरिवेक्षणमा तथा विश्व कराते महासघंको नियममा खेलाइने यो प्रतियोगीताको मुख्य आर्कषण च्याम्प अफ द च्याम्प टाइटल रहने छ । सहभागीहरु मध्यबाट एउटा इभेन्टमा खुल्ला प्रतिस्र्पधा गराई उत्कृष्ट प्रथम ,दितीय र तृतीयलाई नगत पुरष्कार सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । जिल्ला कमिटी स्याङ्जा तथा संघको निजी स्रोत र साधन प्रयोग गरी संचालन गरिने यस प्रतियोगीताको कुल खर्च १३ लाख ७१ हजार रुपैंया रहने छ । यस प्रतियोगीतामा उत्कृष्ट ठहरिने खेलाडीलाई मित्र राष्ट्र इन्डोनेसियाको तानजुङपिनाङमा २४ देखि २८ अगस्टसम्म संचालन हुने अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाउने अवसर प्रदान गरिने छ ।
यस प्रतियोगीतालाई संचालन गर्नका लागि जिल्ला कमिटी स्याङ्जाका प्रमुख मनोज बुढाथोकीको संयोजकत्वमा दश सदस्य प्रतियोगीता आयोजक कमिटि गठन गरिनुका साथै विभिन्न उप कमिटिहरु समेत निर्माण गरिएको छ । प्रचार प्रसार उप कमिटिको संयोजकमा कमलमणी गौतम,आर्थिक उप कमिटिको संयोजकमा कुमार प्याकुरेल, प्राविधिक उप कमिटिको संयोजकमा बसन्त राज वाइवा र समारोह व्यवस्थापन उप कमिटिको संयोजकमा सुरेन्द्र के.सी छन् । रेफ्री संयोजक बाबुराजा मर्हजन, बसोवास तथा खाना उप कमिटिको संयोजकमा दिलीप कुमार धनामगर, स्वयमसेवक उप कमिटिको संयोजकमा विनोद राना मगर , स्वास्थ्य उप कमिटिको संयोजकमा रविन्द्र तामाङ र अनुगमन तथा सुपरिबेक्षण उप कमिटिको संयोजकमा राममणी काफ्ले र यातायात उप कमिटिको संयोजकमा राजकुमार श्रेष्ठ रहेका छन् ।
यस अघि प्रथम राष्ट्रिय प्रतियोगीता झापा, दोस्रो राष्ट्रिय प्रतियोगीता काठमाडौं ,तेस्रो राष्ट्रिय प्रतियोगीता सर्लाही, चौथो राष्ट्रिय प्रतियोगीता काठमाडौ, पाँचौ राष्ट्रिय प्रतियोगीता काभ्रे, तथा छैठौ र सातौ काठमाडौमा आयोजना भएको थियो ।

Comment