१६५ दिक्षित

karate ge
नेपाल सितोरियो कराते संघको ग्रेडिङबाट १ सय ६५ जना बुधबार दिक्षित भएका छन् । ९२ जना पहिलो डान, ५६ जना दोश्रो डान तथा १७ जना तेश्रो डानमा दिक्षित भएको बताइएको छ ।
उनीहरुको प्रमाण पत्र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एकमुष्ट कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । सो अवसरमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Comment