एनएसकेए अन्तर्राष्ट्रिय कराते सुरु

karate wednesdaye
नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामानवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगितामा नेपालबाट ७ सय २५, भारतबाट ४ सय र बंगलादेशबाट ३ खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कुमुते र काता गरी जम्मा ६३ स्वर्ण, ६३ रजत र १ सय २६ कांस्य गरी जम्मा २ सय ५२ पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो दिन नेपालबाट महिला २५ केजीमा निशा श्रेष्ठ र सारु तामाङ, ३० केजीमा सपना तामाङ र शान्ति श्रेष्ठ, ३५ केजीमा सुस्मिता तामाङ र सुजना तामाङ तथा ४५ केजीमा अस्मिता बजगाईं र रुपा अधिकारी छनोट भएका छन् ।
पुरुषको ५० केजीमा विमल लामिछाने र राजु तामाङ, ५५ केजीमा सुशान्त मोडक तथा ६० केजीमा राज रेग्मी नेपालबाट छनोट भए ।प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । प्रतियोगिताको औपाचारिक उद्घाटन भने बिहीबार हुनेछ ।

Comment