एनएसकेए अन्तर्राष्ट्रिय करातेको तयारी पूरा

नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा हुने नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक संघका महासचिवएवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।
प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कुमुते र काता गरी जम्मा ६३ स्वर्ण, ६३ रजत र १ सय २६ कांस्य गरी जम्मा २ सय ५२ पदककालागि भिडन्त हुने छ । नेपाल सहित विभिन्न७ राष्ट्रका करिब १ हजार १ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँखर्च हुने छ । प्रतियोगिता शुक्रबार सम्म चल्नेछ । यसअघिका सबै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।

Comment