भुकम्प पिडितको सहयोगमा फूर्वा

phurba2e
रामेछाप जिल्लाको मन्थली नगरपालीकामा कराते खेलाडी फूर्वासिंह तामाङ्गको पहलमा राहत वितरण भएको छ । पूर्व विज्ञान तथा प्रबीधी मन्त्री डा. केशरमान शाक्यको नेृतत्वमा गएको टोलीलले नगरपालीकाको वडा नम्बर एक श्थित सेलेघाटका ७० परिवारलाई ब्लान्केट र झुल वितरण गरेको हो ।
स्वयम्भु डोजो प्रमुख तामाङ्गले सो क्षेत्रमा अति विपन्न परिवार भुकम्पबाट प्रभावित गरिएको बताए । केशरमानको साथमा राजा शाक्य र सानुराजा शाक्यको पनि उपश्थिती थियो । गत बष १२ बैशाखमा भुकम्प गए देखि तामाङ्गले काभ्रे र सिन्धुपालचोकमा सहयोग गर्दै आएका छन् ।

Comment