आयोजकलाई पराजित गर्दै सशस्त्र फाइनलमा

Manoj Shiama
6 May, 2016 9:38 pm

apf 1e
पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिम आयोजक ईलाम –११ लाई २–१ गोल अन्तरले पराजित गर्दै शुक्रबार ईलाममा जारी तेश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । फाईनलमा सशस्त्रले उपाधीको लागि झापाको काकरभिट्टा फुटबल प्रशिक्षण केन्द्रको सामना गर्ने छ । बिहिबार आयोजक ईलाम –११ र पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिम विच भएको सेमिफाईनलको खेल खराब मौशमका कारण २–० को अवस्थामा स्थगन भएको थियो ।
सेमिफाईलनको दोश्रो हाफको १८ मिनट १३ सेकेन्डको अवस्थामा मैदानमा हुस्सु लाग्न गई खेलाडी र बल नदेख्ने अवस्था उत्पन्न भए पछि दुवै टोलीको सहमतीमा अर्को व्यवस्था नभए सम्मका लागि खेल स्थगन गरिएको थियो । शुक्रबार विहान मौशम सफा भए पश्चात बाँकी समयको लागि खेल खेलाईएको थियो । करफोक मैदानमा भएको प्रतिस्पर्धामा आयोजक ईलामको लागि दोश्रो हाफको ३३ औं मिनटमा पेम्बा येल्मोले गोल गर्दै खेलमा पुनरागमन गर्ने आशा दिलाएका थिए । निकैनै आक्रामक रुपमा प्रश्तुत भएको आयोजक टिमले गोल गर्नै तीन सुवर्ण अवसरलाई खेर फाल्दा २–१ ले पराजित हुदैं प्रतियोगिताबाट बाहिरन पुग्यो ।