महिला बुद्धिचाल छनौट सम्पन्न

इलाममा ७ जेठबाट आयोजना हुने १९ औ राष्ट्रिय बुद्धीचाल प्रतियोगिता तथा चौथो राष्ट्रिय महिला बुद्धीचाल प्रतियोगिताका लागि आयोजित छनोट खेलमा महिला तर्फको स्पर्धा बुधबार सम्पन्न भएका छन् । महिला तर्फको १२ स्थानका लागि काठमाडौकी सिन्दिरा जोशी, रौतहटकी बिशेखा जयसवाल, नुवाकोटकी सुजना लोहनी, पायोनीयर स्कुलकी आभा पुडाशैनी र अनीसा न्यौपाने, मोरङ्गकी खुसी मुखीया छनोट भए । यसैगरी झापाकी पुनम प्रसाइ, ताप्लेजुङ्गकी सुसीला गुरुङ्ग, काठमाडौकी बिनिता कपाली, भक्तपुरकी सबिना श्रेष्ठ, रुकुमकी अञ्जु शाह र झापाकी खुस्बु थापा पनि छनोट भए ।
स्वीस लिग ९ राउण्डको खेल हुने खुला समुहमा बुधबार सातौं चरणको खेल समाप्त भए । जसमा भक्तपुरका विक्रम जती ६.५ अंक सहित शिर्ष स्थानमा छन् । उनले सातौ चरणमा रुकुमका मिलन रोक्कालाई हराए । मिलनको ६ अंक छ । बाकेँका कृष्ण शाह, झापाका प्रकास नेपाल, भक्तपुरका विकास कुलुजु, र अन्नपूर्ण स्कुलका मिलन लामाको ५.५ अंक छ ।
थापाथली चेस पार्कका मदन रायमाझी, भक्तपुरका विजय जती, सप्तरीका मनोज बिक , थापाथलीका कमल श्रेष्ठ र काठमाडौंका दिपक मर्हजनको ५.५ अंक छ । छनोट प्रतियोगिता अन्तरगत स्वीस लिगको आधारमा नौ चरणमा खेल हुने छन् । शिर्ष २० स्थानमा रहने खेलाडीले १९ औ राष्ट्रिय बुद्धीचाल प्रतियोगितामा सहभागिताको अबसर पाउने छन् । आठौ र नवौ चरणका खेल बिहिबार हुने छन् ।

Comment