मेम्बर सेक्रेटरी कपहुने

नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा दोश्रो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता ७ जेठ देखि हुने भएको छ ।प्रतियोगतामा नेपालबाट ८ सय, भारतबाट ३ सय र बंगलादेशबाट १० गरीजम्मा १ हजार १ सय १० खेलाडीको सहभागिता रहने आयोजक डोजो प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
पुरुष÷महिलाको कुमुतेमा २० देखि ६५ केजीसम्म तथा किकबक्सिङमा ५० देखि ६० केजी सम्मको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

Comment