राष्ट्रिय छनोट बुद्धिचाल जारी महिलामा सिन्दिरा अघि

इलाममा ७ जेठबाट आयोजना हुने १९ औ राष्ट्रिय महिला तथा चौथो महिला राष्ट्रिय बुद्धीचाल प्रतियोगिताका लागि आयोजित छनोट प्रतियोगिताको खुला समुहमा पूर्व राष्ट्रिय च्याम्पियन नबीन तण्डुकारले अग्रता कायम गरेका छन् । सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा जारी प्रतियोगितामा उनले चार चरणको समाप्तीमा चार जित हात पारेका छन् । अग्रता कायम गर्ने क्रममा नबीनले चौथो चरणमा सुनसरीका मणीराज डाँगीलाई हराए । उनीसंगै भक्तपुरका युवा खेलाडी विक्रम जती, बाकेका कृष्ण शाह, रुकुमका मिलन रोका र काठमाडौंका भगवती प्रसाद शर्माको पनि चार अंक छ । विक्रमले चौथो चरणमा थापाथलि चेस पार्कका कमल मैनालीलाई हराए । यसैगरी, भगवतीले चौथो चरणमा दोलखाका विक्रमध्वज श्रेष्ठसंगको खेलमा जित हात पारे । कृष्णले चौथो चरणमा ललितपुरका बाबुराजा मर्हजनलाई माथ गरे भने मिलनले थापाथलिकै मोहनसिंह प्रधानलाई पराजित गरे ।
यसैगरी भक्तपुरका दामोदर गाइजु र गणेशमान दुवालको साथमा झापाका प्रकाश नेपालको ३.५ अंक छ । चौथो चरणमा दामोदरले मकवानपुरका अनील राजबाहक, प्रकाशले काठमाण्डौका सागर कुमार डंगोल र गणेशमानले झापाका कृष्ण प्रसाद सीग्देललाई हराए । महिला तर्फ काठमाडौकी काठमाण्डौकी सिन्दिरा जोशी चार अंक सहित एक्लै शिर्ष स्थानमा रहेकी छिन् । उनले चौथो चरणमा विशेखा जयसवाललाई पराजित गरिन् । बिशेखा सहित सुजना लोहनी, पुनम प्रसाइ, मोरंगकी खुसी मुखीया, त्रिचन्द्र कलेजकी पुनम फुयाल, भक्तपुरकी सवीना श्रेष्ठ, पायोनियर स्कुल कपनकी अनिशा न्यौपाने र आभा पुडाशैनीको तीन अंक छ । इलाममा ७ जेठबाट सुरु हुने १९ औ राष्ट्रिय च्याम्पियनसीपका लागि जारी छनोट प्रतियोगिताबाट २० खेलाडी छनोट हुने छन् । यसैगरी चौथो महिला राष्ट्रिय च्याम्पियसीपकालागि जारी छनोट प्रतियोगिताबाट १२ खेलाडी छनोट हुने छन् । छनोट प्रतियोगितामा खुल्ला तर्फ नौ तथा महिला तर्फ सात चरणमा खेल हुने छन् । बुधबार पाचौ, छैटौ र सातौ चरणका खेल हुने छन् ।

Comment