राष्ट्रिय छनोट बुद्धीचाल सुरु

चौथो महिला तथा १९ औ राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको लागि छनोट प्रतियोगिता सोमबार सुरु भयो  । पहिलो दिन भएको खेलमा जित शिर्ष बरियताका खेलाडी मकवानपुरका अनील राजबाहक सहित पूर्व राष्ट्रिय च्याम्पियन नबीन तण्डुकार र पुन्यमान कमाचार्यले जित हात पारे । यसैगरी काठमाण्डौका भगवति प्रसाद शर्मा, झापाका विश्वविजय घिमिरे, प्रकास नेपाल र थापाथलि चेस पार्कका सुमन राइ, आशिष फुयाल, मोहनसिं प्रधान, भक्तपुरका गणेशमान दुवाल, विकास कुलुजु, पुरुषोत्तम दुवाल, ललितपुरका रविन्द्र शाक्य, बाबुराज महर्जन, सर्लाहीका चुडामणि भट्टराई, रुकुमका मिलन रोका, कैलालीका रुद्र खनिया, धनुषाका रामसुरत प्रसाद शाह, बृजविहारी शाह, सिन्धुपाल्चोकका सुरेन्द्र प्रसाद नेपाल, दोलखाका गोविन्द श्रेष्ठ र विक्रमध्वज श्रेष्ठले पनि विजयी सुरुवात गरेका छन् ।
सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा जारी प्रतियोगिातमा महिलातर्फ काठमाण्डौकी सिन्दीरा जोशी, पायोनियर स्कुलकी अनिषा न्यौपाने, आभा पुडासैनी, भक्तपुरकी सविना गुज, सविना श्रेष्ठ, रुपन्देहीकी नमन सेढाइ, रुकुमकी अन्जु शाह, आकृति पाण्डेले विजयी शुरुबात गरेका छन् ।
चार दिने प्रतियोगिताबाट खुल्लातर्फ उत्कृष्ठ २० जना र महिलातर्फ १२ जना इलाममा यहि जेठ ६ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय प्रतियोगितामा छनोट हुनेछन् । छनोटमा खुल्ला समुहमा ११८ तथा महिला तर्फ २७ जना खेलाडीको सहभागिता रहेको छ ।

Comment