यातायतलाई उपाधि
यातायतले अन्तर्राष्ट्रिय श्रृमिक दिवसको अवसरमा आयोजित मनमोहन स्मृति मेडे कप फुटबल प्रतियोगीताको उपाधि जितेको छ । पेप्सीकोला टाउन प्लानिङको फुटबल ग्रउण्ड भएको फाईनल खेलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,ललितपुरको टिमले महाकालको क्यूपेक नेपाललाई टाईब्रकमा ५–४ गोल अन्तरले हरायो । निधारित समयमा गोल रहित भए पछि खेल टाईब्रकरमा लम्किएको थियो । बिजयी टिमका प्रकाश थापामगर, सरोज लामिछाने सन्त कुमार श्रेष्ठ,साइमन लिम्बू र समिर तामाङले गोल गरेका थिए । क्यूपेकबाट उनम बुढाथोकीको पहिलो प्रहारनै यातायतका कोलकिपर बिकेश श्रेष्ठले रोकेका थिए । अन्य गोल अर्जुन रोका,किरण भट्राई,कविन लिम्बु र शंकर थापामगरले गरेका थिए । टाईब्रकरमा उत्कृष्ट बचाउ गर्ने बिकेशनै प्रतियोगिताकै उत्कृष्ट किपर बने । त्यस्तै उत्कृष्ट डिफेन्समा क्यूपेकका अन्र्जुन रोका चुनिए । प्रतियोगिता अवधि भर उत्कृष्ट खेल प्रर्दशन गरेका यातायतका प्रकाश थापामगर सर्वोकृष्ट खेलाडि भए । प्र्रतियोगिताका बिजेताले १५ हजार तथा उपाबिजेताले ८ हजार नगद प्राप्त गरे । शनिवार साझ भएको पुरस्कार बितरण कार्यक्रममा शहरी विकास राज्य मन्त्री मञ्जु चौधरी,राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्वर तिम्लिसेना,आयोजक मोदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठलगायतले पुरस्कृत गरे ।