नेशनल बि चेस सोमबारदेखि

नेपाल बुद्धिचाल संघको आयोजना र ललितपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनामा सोमबारदेखि १९औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि नेशनल बि खुल्ला छनौट हुनेछ । पुरुषतर्फ ४० जिल्लाका एकसयभन्दा बढी र महिलातर्फ २० जिल्लाका ४० जना खेलाडीको सहभागिता रहनेछन् । चारदिने प्रतियोगिता सातदोबाटोस्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा हुनेछ । उक्त प्रतियोगिताबाट खुल्लातर्फ उत्कृष्ठ २० जना र महिलातर्फ १२ जना खेलाडीहरु छनौट हुनेछन् ।
सो प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले यहि जेठ ६ देखि ११ गतेसम्म इलाममा हुने १९औं राष्ट्रिय र चौथौं महिला राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । यस्तै उक्त राष्ट्रिय प्रतियोगिताका उत्कृष्ठ ५ जना खेलाडीहरुले सन् २०१६ सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरबैजानको वाकुमा हुने ४२औं चेस ओलम्पियाडमा नेपालको प्रतिनिधीत्व गर्नेछन् ।

Comment