अन्तर्राष्ट्रिय कराते हुने अर्को महिना

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता ६ जेठ देखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा १३ गरी जम्मा १८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख एवं प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् ।
प्रतियोगितामा नेपालसहित ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने छ । नेपालबाट सर्वाधिक ४ सय तथा पाकिस्तानबाट सबैभन्दा कम १० खेलाडीले भाग लिने छन् । त्यस्तै भारतले ३ सय, बंगलादेश र श्रीलंकाले १५–१५ तथा भुटानले १३ खेलाडी सहभागी गराउने संयोजक ओझाले जानकारी गराए ।तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख ५७ हजार रुपैयाँ खर्च हुने बताइएको छ ।खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । गत संस्करणको उपाधि नेपालले जितेको थियो ।

Comment